अनुसूची ४
अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कको सम्झौताको धाराहरूको धारा ५, दफा १२
दफा–१२ मुद्राको मौज्दातको आकृतिः बैंङ्कले कुनै पनि सदस्यबाट धारा २, दफा ७(१) अन्तर्गत
बैंङ्कलाई भुक्तानी गरेको सो सदस्यको मुद्राको कुनै अंशको सट्टा वा यस्ता मुद्रामा दिइएको सापटी चुक्ता
गर्दा भुक्तानी बेहोर्न त्यस्तो मुद्राको कुनै अंशको सट्टा र आफ्नो कार्य सञ्चालनमा बैंङ्कलाई नचाहिएको
त्यस्तो मुद्राको कुनै अंशको सट्टा सदस्यको सरकारले वा सदस्यले मनोनित गरेको डिपोजिटरीले निकालेको
बेच बिखन गर्न नहुने, निब्र्याजी र मागेको बखत मनोनित डिपोजिटरीमा बैंङ्कको नाउँमा जम्मा गरी
सममूल्य (पार भ्यालु) मा भुक्तानी दिनु पर्ने नोट वा यस्तै अरू ऋणपत्रहरू स्वीकार गर्नेछ ।